चौतारा, मंसिर ११ ।
चौतारा साँगाचोकगढी नगरपालिकान वडा नंं. ६ गिदानेका बस्नेत परिवारले सामुहिक रुपमा पैसा संकलन गरेर देविको मन्दिर निर्माण गरेका छन ।
सो गाँउका ११ जना बस्नेत परिवारले मिलेर बनाएको श्री बागेश्वरी पन्चकन्या मन्दिरको आज उद्धघाटन गरिको हो । कुल ८ लाख २१ हजार लगानिमा निर्माण भएको देविको मन्दिर आज सोही गाँउकी वृद्ध चन्द्रकुमारी बस्नेतले मन्दिरको उदघाटन गरेकी हुन् ।
मन्दिर बनाउनको लागि बिभिन्न तहमा प्रयत्न गरेतापनि कतैबाट बजेट नपरेपछि उनिहरुले आफ्नै खर्चमा सो मन्दिर निर्माण गरेका हुन् । बर्षै पिच्छे बत्ति बाल्ने औशिको रात मेला लाग्ने सोे ठाँउमा पुर्खादेखिर्कै पुरानो देविको शिला रहेको छ ।
सो मन्दिर निर्माणको लागि बल बहादुर बस्नेत, देवि बहादुर बस्नेत, कृष्ण बहादुर बस्नेत, रेशम बहादुर बस्नेत, झलक बहादुर बस्नेत, केशर बहादुर बस्नेत, श्रीराम बस्नेत, तारा बहादुर बस्नेत, मिन बहादुर बस्नेत, लोक बहादु बस्नेत र नविन बस्नेतले कुल ८ लाख २७ हजार रुपैया रकम संकलन गरि कार्य शुरु गरेका थिए ।
शिव, राधाकृष्ण र देविको ३ वटै मन्दिर एकै ठाँउमा रहेको सो स्थानमा २ वटा मन्दिर बनिसकेको र देविको मन्दिर बनाउन अन्त कतैबाट पहल नभएको हुँदा बस्नेत परिवारले नेतृत्व लिएर निर्माण गरेको मिनबहादुर बस्नेतले बताए ।