चौतारा, मंसिर १३ ।
सिन्धुपाल्चोककी करिना पुरी १९ बर्षको उमेरमा नै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।
उनी कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत निर्वाचित सबै भन्दा कम उमेरकी प्रतिनिधि हुन् ।
उनले सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत भएको निर्वाचनमामा महिला खुलातर्फबाट ४ सय ९ मत ल्याएर विजय भएकी हुन् ।