भोटेकोशी, मंसिर १५ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोटेकोशी गाउँपालिकाको प्रथम सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षतामा नेतृत्व चयन गरेको छ ।
आज सम्पन्न प्रथम पालिका सम्मेलनले अध्यक्षमा शेर्पा सहित उपाध्यक्षमा फुनु शेर्पा, पासाङ शेर्पा र बिमल श्रेष्ठ चयन गरेको छ ।
यस्तै सचिवमा आङछिरिङ शेर्पा, सहसचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षमा कैलाश रसाईली सहित ५५ सदस्य निर्वाचित भएका छन् । प्रथम सम्मेलनमा एमाले र नेपाली कांग्रेस परित्याग गरी १ सय ५० भन्दा युवाहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रि शशी श्रेष्ठ, केन्द्रिय सदस्य माधव सापकोटा सुबोध, बाग्मति प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज सरल सहयात्री पौडेल लगायत नेताहरुले स्वागत गरेका थिए ।