सिन्धुपाल्चोक बलेफि गाँउपालिका वडा नं. ४ बिन्जेलमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
कोठे बिन्जेल रोडको ३ किमि माथि ९, ३० तिर दुर्घटनामा परि १ जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय शिवप्रसाद नेपालले जानकारी दिए ।
दुर्घटनामा परि घाइते भएकाहरुको धमाधम उद्धार भैरहेको छ । दुर्घटना बारे थप जानकारी आउन बाँकी रहेको छ । भोलिको बिहेको काठमाडौँबाट आफन्त बोकेर आएको यात्रुवाहक बस दुर्घटना भएको हो ।
बिन्जेल बस दुर्घटनाः दुर्घटनामा परि बदर्पाका ड्राइभर को मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
३० जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर रहेको छ । जुगल यातायात बा २ ख ५६१४ नम्बरको बस सडकबाट १५० मिटर तल झरेको हो ।