चौतारा,मंसिर २८ ।
सिन्धुपाल्चोककी प्रदेश सांसद इन्द्रमाया गुरुङ बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।
बागमती प्रदेशमा आज मन्त्रिपरिषद विस्तार भएको हो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
त्यस्तै एकीकृत समाजवादी पार्टीका राज्यमन्त्री गुरुङ सँगै बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् ।वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पु¥याइएको छ ।