मंसिर २९, चौतारा ।
नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठन, सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलनबाट गोपाल खड्का अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
बुधबार चौतारामा सम्पन्न सम्मेलनले अध्यक्षमा खडका सहित २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रामप्रसाद सापकोटा , शंकरप्रसाद पराजुली , रुद्रलोचन नेपाल, सचिवमा बुद्धिप्रसाद आचार्य , सहसचिव मिङमार तामाङ र कोषाध्यक्ष सृजना थापालाई चयन गरेको छ ।
यस्तै समितिको सदस्यहरुमा रमेश गौतम, हिरामाया गिरी, शुक्रप्रसाद आचार्य , गणेशप्रसाद कोइराला , ज्ञानेन्द्र नेपाल, अप्सरा नेपाल, बसन्त भण्डारी निमा तामाङ , बुद्धिबहादुर तामाङ , तेजबहादुर तामाङ , रामकृष्ण सुनुवार, ज्ञानप्रसाद दंगाल, जीवन लामा, दोर्जे लामा, सेते तामाङ , सानू गोले, कामीबहादुर लामा, दावा साङ्गे लामा, लक्ष्मिनारायण नेपाल, गजेन्द्र थापा, श्रीकृष्ण दंगाल, सफलता भण्डारी , नेत्रबहादुर तामाङ रहेका निर्वाचन समितिका सदस्य चिरञ्जीवी कट्टेलले बताए ।
सो कमिटीमा १६ जना सदस्य थप गरि ३९ सदस्यीय कमिटि निर्माण गरिने समेत कट्टेलले जानकारी दिए ।