दिपेन्द्र श्रेष्ठ,चौतारा, पुस १० ।
बाल सहभागितिमा कार्यरत संस्थाहरुको सझा समूह (कन्सोटियम नेपालको) अध्यक्षतमा युवा बाल अधिकारकर्मी मोहन दंगाल चयन भएका छन् ।कन्सोटियम नेपालको २२ औं साधारणसभा तथा नवौं अधिवेशनले दंगाललाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा सन्तोष महर्जन, महासचिवमा प्रदिपकुमार लामिछाने, सचिवमा अनिता पाण्डे, कोषाध्यक्षमा सरोज आचार्य, सदस्यहरुमा प्रकास बसी, स्वस्तिका शर्मा, निरिजना भट्ट, विश्वास लामिछाने, बद्री सुवेदी, संजय कुसवाह, गंगा गुरुङ्ग, र पशुपति चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।
कन्सोर्टियम नेपालले यसै वर्षको वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर “नेपालमा बाल अधिकार अन्दोलन-भावी कार्यदिशा” विषयक संवाद कार्यक्रम पनि सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति माननीय श्री कृष्ण भक्त पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप सचिव शान्तिराज प्रसाईं, राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल, बाल अधिकार अभियन्ता गौरी प्रधान लगाएतको उपस्थित रहेको थियो ।
विभिन्न जिल्लाका बाल सहभागीतामा कार्यरत कन्सोर्टियम नेपालको सदस्य समेत रहेका संस्थाहरु र बालबालिकाहरु उपस्थित रहेको उक्त कार्यक्रममा बाल अधिकार अभियन्ता गौरी प्रधानको प्रस्तुति रहेको थियो भने कार्यक्रमको अध्यक्षता कन्सोर्टियम नेपालका निवर्तमान अध्यक्ष किरण थापाले गर्नु भएको थियो ।
यसै कार्यक्रममा विभिन्न बाल अधिकारको क्षत्रमा कार्यरत सञ्जालका अध्यक्ष तथा विकासका साझेदार संस्थाहरुका प्रतिनिधि
लगायतले बालाधिकारको बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।