चौतारा, पौष २० गते ।
नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्लाका युवा नेता माधव सापकोटा ‘सुबोध’ जनताको दुःखमा मलम बन्दै जनताको घरदैलोमा पुगेका छन् ।
केन्द्रिय माहाधिवेशनबाट पुन केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालेका उनि पुर्ण रुपमा अधिवेशन सकिन नपाउदै आफ्नो क्षेत्रका जनताको घर दैलोमा पुग्न शुरु गरेका हुन् । उनले मंगलबार मात्रै ४ मृतकका परिवारलाई भेट गरेर दुःख बाँडेका छन् ।
मंगलवार बिहान काठमाडौंबाट प्रस्थान गरेका नेता सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिका ४ मृतकको परिवारलाई भेट गरेर मृतक प्रति श्रदाञ्जली र परिवार जनमा समवेदना व्यक्त गरेका हुन् ।
उनले बिहान १० बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेले आयोजना गरेको नेपाल राष्ट्रिय प्रगतिशिल मजदुर संगठनका केन्द्रिय सदस्य, श्री सेतिदेवी पन्चकन्या माध्यामिक बिद्यालयका शिक्षक तथा राजु शर्माका आमाको श्रद्धान्जली सभामा पुगेका थिए । सो श्रद्धाञ्जली सभामा परिवारजनलाई सान्त्वना दिदै उनले यस बिषम अवस्थामा आफुलाई सम्हाल्नुको बिकल्प नरहेको बताए ।
सो सभामा चौतारा साँगाचोकगढी नरपालिकाका प्रमुख अमानसीं तामाङले प्रत्यक मृतक परिवारलाई किरिया खर्च बापत नगरपालिकाले प्रदान गर्ने रु ५ हजार नगद समेत हस्तान्तरण गरेका छन् । सो श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका सुरक्ष बिभाग सदस्य धनन्जय शर्मा, सोही वडाका वडा अध्यक्ष चुडामणी नेपाल लगायतको उपस्थिती रहेको थियो ।
उक्त परिवारलाई भेट गरेर उनि १० बर्षे माहान जनयुद्धको जनमुक्ति सेना नेपालका प्लाटुन कमाण्डर स्वर्गिय राजकुमार कार्किको परिवारलाई भेटन जुगल गाँउपालिका वडा नं. १ सेलाङ पुगेका थिए । स्वर्गिय कार्कीलाई श्रद्धान्जली तथा परिवारजनमा समवेदना दिन पुगेका नेता सापकोटाले मृतक कार्कीका श्रीमति सपना सापकोटा कार्की र ३ महिने छोराको सम्पुर्ण जिम्मेवारी लिने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
सोही अवसरमा नेता सापकोटाले मृतक कार्कीको श्रीमतिलाई किरिया खर्चको लागि ५० हजार नगद समेत सहयोग गरेका छन् । उक्त भेटघाट कार्यक्रममा जुगल गाँउपालिका कमिटिका अध्यक्ष रेशम स्याङबो लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
यस्तै कार्कीको परिवार भेट गरेर नेता सापकोटाको टोली पुराना कम्युनिष्ट नेता खडक बहादुर मगरको परिवारलाई भेटन चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ सागिने पुगेको थियो ।
आफ्ना दाजु गणेश बहादुर मगरको मृत्युको शोकमा परेर किरिया गरि बसेका खडक बहादुरको परिवारलाई भेटेर उनि सोही वडामा मृतक बिष्णुमाया काफ्लेको परिवारलाई भेटन राइनटार पुगेका थिए ।