ललितपुर, पुष २२ ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालमा मिना शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
ललितपुरमा भएको सस्थाको २१ औं वार्षिक साधारण सभाले बुधबार नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रिता सापकोटा, महासचिवमा रुपा शर्र्मा नेहा’, सचिवमा अनिता विष्ट, कोषाध्यक्षमा शारदा कोईराला तथा सदस्यहरुमा पुष्पा भुषाल, डा. विकल श्रेष्ठ, सम्झना पौड्याल, खड्गबहादुर अस्लामी चयन भएका छन् । निर्वाचन समिति एवं अध्यक्ष मण्डलमा वरिष्ठ पत्रकारद्धय टंक पन्त र कपिल काफ्ले थिए ।
संस्थाको साधारण सभामा पूर्व कर्मचारीले गरेको आर्थिक हिनामिना तथा कीर्ते हस्ताक्षरबारे सबैलाई जानकारी गराइएको थियो ।
साथै संस्थाले अब चालिने कदमका बारेमा सदस्यहरुको राय सुझाव समेट्दै आगामि कार्ययोजना पारित गरेको छ । त्यस्तै विधान संसोधन, लेखा परीक्षक नियुक्ति र अन्य विविध विषयमा प्रस्ताव पेश गरी पारित गरेको छ ।