चौतारा, पुष २८ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले अन्तिम नगर सभा सम्पन्न गरेको छ । नगर प्रमुख अमान सीं तामाङको नेतृत्वमा रहेको स्थानीय सरकारले आफ्नो अन्तिम एवम् ११ औं नगरसभा बुधबार सम्पन्न गरेको हो ।
नगरप्रमुख तामाङले पानसमा बत्ति बालेर उदघाटा गरे सँगै सभामा स्वागत मन्तव्य राख्दै उपप्रमुख जानुका पराजुलीले नगरपालिकाद्वारा सम्पादित महत्वपूर्ण कार्यक्रम र हालसम्म हाँसिल गरेका मुख्य मुख्य उपलग्धीहरुबारे चर्चा गरिन्।
भौतिक पुर्वाधार,आवास निमार्ण,सिंचाई, खेलकुद, पर्यटन, खानेपानी, उद्यम विकास, शिक्षा, पशु, कृषि क्षेत्रमा भएको प्रगति र उपलब्धि बारे उपप्रमुख पराजुलीले सभाका सबैलाई जानकारी गराइन्।
बिभिन्न क्षेत्रको प्रतिनिधित्व गरेका अतिथिहरुको शुभमाना मन्तव्य राखेका सो सभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले नगरपालिकाले आर्थिक वर्ष ०७७–७८ को हालसम्म हाँसिल गरेका मुख्य –मुख्य उपलब्धीहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार नगरपालिकाले चालु आर्थिक वर्ष ०७८ –०७९ मा १ अर्व २० करोड ५५ लाख ९४ हजार दुई सय दुई रुपैयाँ ४८ पैसा विनियोजन भएकोमा ४२ करोड १० लाख ५९ हजार छ सय ७७ रुपैयाँ एक पैसा अर्थात् ३४.९ प्रतिशत मात्र खर्च भएको देदिएको छ ।
नगरपालिकाको पुँजिगत तर्फ ४७ करोड १५ लाख १९ हजार एक सय विनियोजन भएको मध्ये १३ करोड ४८ लाख ४२ हजार चार हजार ९२८।१ प्रतिशत ० खर्च भएको छ ।
त्यसैगरी चालु तर्फ ७३ करोड ४० लाख ७५ हजार एक सय रुपैयाँ ४८ पैसा विनियोजन भएकोमा २८ करोड ८२ लाख १७ हजार दुई सय ६० रुपैयाँ एक पैसा अर्थात् ३९.२ प्रतिशत मात्रै खर्च भएको छ । नगरपालिकाले योजना शाखाबाट गरेको वित्तिय प्रगति १०.०६ प्रतिशत मात्रै रहेको छ ।
नगरपालिकाले नगरसभाको अवसर पारेर नगरका विभिन्न विद्यालयमा शिक्षण पेशामा रहेर अवकास प्राप्त सात जना शिक्षकहरुलाई गोल्डेन ह्यान्ड चेक बापत प्रतिव्यक्ती १ लाख ५० हजार नगदसहित सम्मान समेत गरेको छ । सभामा सम्मानित हुनेहरुमा हेमान श्रेष्ठ, मिनाकुमारी नेपाल, तारादेवी राना, बालकृष्ण गिरी, नारायण गिरी, जित बहादुर नेपाल र अमृत बहादुर दंगाल छन् ।
नगर सभामा नगरप्रमुख तामाङले बन आयोग मस्यौदा, संगठन संरचना ब्यवस्थापन संरक्षण, वडा सिलिङबाट स्विकृत योजना तथा नगर तर्फको योजना तथा कार्यक्रमको रकमान्तर , नगर सिमा विवाद लगायतका सम्बन्धमा एजेण्डा पेस गरेका थिए । ति सबै एजेण्डाहरु नगर सभाले पारित समेत गरेको छ ।
सभालाई समापन गर्दै नगर प्रमुख तामाङले आफु नगरप्रमुखको कुर्सिमा बस्दै गर्दा कसैलाईपनि पक्षपात नगरी पार्टिको नभई जनताको प्रतिनिधि भएर काम गरेको बताएका छन् ।