१२ माघ, चौतारा ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक बुधबार सार्वजनीक गरिएको छ । नयाँ तथ्याङ्क अनुसार नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो ।
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजाजनसंख्या वृद्धिदर पनि ८० वर्षकै कम रहेको छ । नेपालको जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत छ । यो सन् १९९८ पछिको सबैभन्दा न्यून हो ।
नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ । नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ ।