चौतारा, फाल्गुन १४ ।
काठमाडौंबाट सिपाबडहरे जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।
काठमाडौंबाट सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका सिपाबडहरे जान छुटेको गरेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायातको यात्रुवाहक बस इन्द्रावती गाँउपालिका ११ नम्बर वडाको इन्द्रावती वगरमा दुर्घटना भएको हो।
दुर्घटनामा परी १२ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।
यात्रुवाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको समेत बस्नेतले जानकारी दिए ।
घाइतेहरु ३ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र अन्यको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती ११मा उपचार भइरहेको स्थानिय शिक्षक प्रताव तामाङले जानकारी दिए ।