पाँचपोखरी, बैशाख १०।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा गठबन्धन गरेका दल संग राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि सहकार्य गरेर चुनावमा जाने भएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उदय सापकोटाले अध्यक्ष र पालिका उपाध्यक्ष नेकपा माओवादीका दोर्जे तामाङले पाउने निश्चित जस्तै भएको छ ।
राप्रपाले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि पार्टीको तर्फबाट सापकोटालाई एकल सिफारिस गरिएको हो भने दोर्जे तामाङलाई माओवादीले अगाडी सारेको छ । यस्तै ८ वडा रहेको पालिकामा ५ वडा कांग्रेसले लिने र बाकी २ माओवादी र १ राप्रपाले लिने सहमती समेत भएको छ ।
पाचँपोखरी थाङ्पाल गाउँपालिका राप्रपाको पकड क्षेत्र हो । अघिल्लो निर्वाचनमा झिनो मतान्तरमा नेकपा एमालेका उम्मेदवार टासी लामासँग उपविजेता भएका सापकोटा पुनः मैदानमा आउनलाग्नुभएको हो ।