चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान नगरप्रमुख अमानसिंह तामाङले यस नगरपालिकामा अरु राजनैतिक पार्टीलाई नगरपालिकामा जित्ने सपना नदेख्न आग्रह गरेका छन् ।
‘माओवादी केन्द्रको आधार इलाका रहेका यस नगरपालिकामा अन्य राजनैतिक दलले जित्ने सपना नदेखे हुन्छ, यो नगरपालिका हामीले बहुमतका साथ जित्नेछौँ’उनले भने छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ इर्खुको घरदैलो कार्यक्रममा मेयर कृष्ण प्रसाद सापकोटा र उपमेयर सिता थापा सहित पुगेका तामाङ यस्तो बताएका हुन् ।
‘जिवनभर यस नगरपालिकाका जनताका लागि रगत र पसिना बगाएका व्यक्ति हामीले मेयरमा पाएका छौँ यसमा हामीले गर्भ गर्नुपर्ने हुन्छ,मैले गर्न बाँकी रहेका बिकासका योजनाहरु अब बन्धु सरको नेतृत्वमा आएको टिमले निरन्तरता दिने छ’ उनले बाँचा समेत गरेका छन्।