चौतारा ।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं.३ मा रहेको क्षमादेवी माध्यामिक बिध्यालयमा झडप हुँदा ४ राउण्ड हवाई हायर गरिएको छ । अबस्था नियन्त्रण बाहिर गएपछि हवाई फायर गर्नुपरेको
जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
यस्तै नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका वडा नं. १ घोर्थलीको मतदान केन्द्रमा मतदान रोकिएको छ । भूमेश्वरी माध्यमिक विद्यालयको ‘क’ मत केन्द्रमा विवाद भएकाले मतदान रोकिएको हो ।
यस गाउँमा दुई दलका कार्यकर्ताबीच मारामार हुन थालेपछि स्थानीय मतदाता र सुरक्षाकर्मीले आँत्तिएर थप प्रहरी, प्रशासनलाई गुहारेका छन्।
यस्तै त्रिपुरासुन्दरी गाँउपालिका वडा नं.३ मा रहेको मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको झगडाले मतदान केन्द्रछेउमा ढुंगामुडा र टेबुल तोडफोड गरेको देखिएको डीएसपी बस्नेतले जनाए ।