चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको अधिकांश मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । जिल्लाका केहि मतदान स्थलहरुमा झडप भएपनि अधिकांश स्थानमा सौहार्दपुर्ण वातावरणमा मतदान सम्पन्न भएको हो ।
जिल्लामा रहेको ३ सय १६ मतदान केन्द्र मध्ये ३ सय १३ मतदान केन्द्रमा मतदान सकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बिकास रिजालले जानकारी दिए ।
दिउसो विवाद भएका ३ मतदान स्थलमा भने मतदान भइरहेको छ । दिउसो विवाद उत्पन्न भएको मेलम्चि नगरपालिकाको वडा नं. ९ ज्यामिरे, वडा नं. ५ सिन्धुकोट र त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ३ धुस्कुनको मतदान केन्द्रमा भने मतदान प्रकिया संचालनमा नै रहेको उनले जानकारी दिए ।
जिल्लामा करिब ७० प्रतिशत मत खसेको समेत उनले बताएका छन् । ‘३ स्थानमा मतदान जारी रहेको र सबै पालिकाले फाइनल डाटा नपठाएकोले मत खसेको संख्या एकिन भैसकेको छैन’ उनले भने ।