मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ, तर ठूलाबडाको आशीर्वादले पाइएमा भने रोकिएको काम बन्नसक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कुनै रोगले दु:ख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।
मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको जागिरमा पद र प्रतिष्ठा बढ्नेछ । रोकिएका काम पुनः सुरु पनि हुन सक्छन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मङ्गल कार्यको योग छ ।
हाम्रो पात्रोबाट