चौतारा, असोज २ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आत्माहत्या रोकथाम सम्बन्धि सचेतनाको लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सदरमुकाम चौतारामा भएको सो प्रभातफेरी कार्यक्रममा विभिन्न सरकारी तथाा गैरसरकारी संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम सकाएर प्रहरीले सरोकारवाला हरुसँग आत्माहत्या रोकथाम सम्बन्धि अन्र्तक्रिया समेत गरेको छ ।
समुदायमा पछिल्लो समय तिव्र रुपमा वृद्धि भइरहेको आत्माहत्याको दर न्यूनिकरणमा टेवा पुग्ने अपेक्षाका साथ प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी यपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।
यि र यस्ता कार्यक्रमहरुले पक्कैपनि आत्माहत्या न्यूनीकरणमा टेवा पुग्ने छ उनले भने । आत्माहत्या दिवसको दिन तय भएको कार्यक्रम विशेष कारणले आज गर्नुपरेको समेत उनले जानकारी दिए ।