बाह्रबिसे ।
प्रतिनिधिसभा सदस्य माननीय माधब सापकोटा’सुबोध’ले बाह्रबिसे नगरपालिका -०४ साँधि खोल्साको निर्माणाधीन पुल सम्झौता भएको समयसिमा भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री सहित निर्माणाधीन पुलको अनुगमनमा निस्किएका सांसद सापकोटाले ठेकेदारलाई तालिका नै बनाएर समयमा नै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
निर्माण पक्षको ढिलासुस्तिका कारण समय सिमाभित्र काम सम्पन्न हुनेमा आशंका बढेको जनगुनासो बढेपछि कार्य प्रगतिको अनुगमनमा निस्किएको टोलिलाई निर्माण पक्षले आगामी बैशाख सम्ममा पुलको काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएको छ ।
अनुगमनमा बाह्रबिसे नगरपालिकाका उपमेयर मन्जु तामाङ , सडक विभागका इन्जिनियर पोषक नेपाल र निर्माण पक्षका प्रतिनिधिको सहभागीता रहेको थियो ।