चौतारा ।
नेपाल सोतोकान कराते संघ सिन्धुपाल्चोकको अध्यक्षमा तोकबहादुर तामाङ निर्वाचित भएका छन् । शनिबार चौतारामा सम्पन्न संघको प्रथम जिल्ला भेलाले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
भेलाले अध्यक्षमा तामाङ सहित १९ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।
जिल्ला कार्यसमितिमा ३ जना उपाध्यक्ष क्रमस प्रकाश आलेमगर, दिपेन्द्र तामाङ, र राम तामाङ निर्वाचित गरेको छ ।
यस्तै महासचिवमा रेशम सुन्दास, सचिवमा निर्मल बस्नेत र कोषाध्यक्षमा सुस्मिता सुनार निर्विरोध निर्वाचित भएका छन् ।