चौतारा ।
चौतारा बहुमुखी क्याम्पस भूतपूर्व विद्यार्थी समाज एलुमनाई एसोसिएसनको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
शनिवार चौतारामा सम्पन्न एसोसिएसनको तेस्रो अधिवेशन बाट तिलक बहादुर दंगालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट अध्यक्षमा दंगाल सहित उपाध्यक्षमा निर्मला तिमल्सिना, सचिवमा हरिचन्द्र गौतम, कोषाध्यक्षमा बेली दुलाल निर्वाचित भएकी छन् ।
यस्तै समितिको सदस्यहरूमा दिल बहादुर कार्की, रमेश दुलाल, प्रदीप बस्नेत,आकृति घले, निर्मला श्रेष्ठ, धुर्ब घोरासैनी र रेनु श्रेष्ठ निर्वाचित भएका छन् ।
पूर्व सांसद तथा चौतारा बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष श्री कृष्णराज श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा चौतारा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष इन्जिनियर श्री गम्भिरलाल श्रेष्ठ, क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल, , क्याम्पस सञ्चालक समितिका सदस्य तथा सल्लाहकारहरू, क्याम्पसमा उपप्राध्यापक र क्याम्पस स्ववियु सभापति लगायत सहभागिता रहेको थियो ।
एसोसिएसनले क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल र क्याम्पसमा स्नातक तह अध्ययन गरी हाल नेपाल सरकारको उपसचिव वा सो सरह पदमा पुग्न सफल ३ जना पूर्व विद्यार्थीहरू १० निजामती सेवाका उपसचिव श्री गणेश नेपाली, सशस्त्र प्रहरी बल सुरक्षा सेवा तर्फका डिएसपी श्यामबाबु घिमिरे र शिक्षण सेवामा माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक पुण्य प्रसाद गजुरेललाई सम्मान गरेको थियो ।
एसोसिएसनको तेस्रो साधारण सभा तथा अधिवेशनको अध्यक्षता एसोसिएसनका अध्यक्ष श्री तिलक बहादुर दंगालले गरेका थिए भने कार्यक्रमको सञ्चालन एसोसिएसनका सदस्य दिल बहादुर कार्कीले गरेका थिए। यस्तै एसोसिएसनको कार्य प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र भावी योजनाहरू एसोसिएसनका सचिव हरिचन्द्र गौतमले प्रस्तुत गरेका थिए ।