नयाँ अभियान, काठमाडौं ।
काठमाडौंको चाबहिलमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका एक पुरुष गम्भीर घाइते भएका छन् ।
चाबहिलको भत्केको पुल नजिकको ओरालोमा आज बिहान करिब ३ बजे प्रदेश ३–०२–००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्दै आएका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ का २८ वर्षे ईश्वर अधिकारी गम्भीर घाइते भएका हुन् ।
घाइते उनको चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।