चौतारा ।
देशभर संचालन हुने दादुरा–रुबेला खोप अभियान अन्र्तगत यस वर्ष सिन्धुपाल्चोक जिल्लाका करिब १६ हजार बालबालिकालाई खोप प्रदान गरिने भएको छ ।
फागुन १४ गते देखी १९ गतेसम्म संचालन हुने खोप अभियानमा १५ हजार ६ सय ७० जनालाई खोप लगाइने लक्ष रहेको स्वास्थ्य कार्यांलयका प्रमुख दुर्गा बजगाईले बताउनुभयो ।
९ महिना देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई प्रदान गरिने यस खोपको लागि जिल्लाभर नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्थागरी २५३ वटा खोप केन्द्र तय गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
खोप अभियानको लागि सम्पुर्ण तयारी तयार पुरा भएको समेत उहाँले बतानउनुभयो ।