अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) चौतारा बहुमुखी क्यम्पसको अध्यक्षमा अस्विन तामाङ निर्वाचित भएका छन् । बिहीबार क्याम्पस कमिटीको छैठौँ सम्मेलनबाट तामाङको अध्यक्षतामा २५ सदसीय कमिटी निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा उज्वल श्रेष्ठ, मनिका श्रेष्ठ, मन्जित तामाङ, कृतिका सापकोटा र सुदिप नेपाल, सचिवमा भरोसा विष्ट, सह–सचिवमा निश्चल पाण्डे, र आशिष वागदाश, कोषाध्यक्षमा मुना दुलाल निर्वाचित भएका छन् । सम्मेलनले इसारा तामाङ, रेनुका तामाङ, सविता श्रेष्ठ, सरस्वती तामाङ, कृतिका तामाङ, विनिता रायमाझी, हिलासा श्रेष्ठ, अनिश सापकोटा,प्रशंशा श्रेष्ठ, मिना श्रेष्ठ, स्मृती श्रेष्ठ, रश्मीला तामाङ, अर्पन तामाङ, कृष्ण श्रेष्ठ, सन्तोषी ढुंगाना, सुकलक्ष्मी श्रेष्ठ र विलाशा श्रेष्ठ निर्वाचित गरेको छ । थप सदस्य पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।
नेकपा माओवादी केन्द्रका चौतारा साँगाचोकगढी नगरपालिकाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सम्मेलनमा, नगर पार्टीका ८ नं. वडाध्यक्ष राकृष्ण दंगाल, अखिल (क्रान्तिकारी)का जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य मिलन लामा, बागमती प्रदेश सदस्य सुवास गौतम, प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरिष सचिव अर्जुन शर्मा, क्रान्तिकारीका नेताहरु प्रल्हाद वि.क, रबिन सापकोटा, अमृत श्रेष्ठ, सुप्रिन्स कसजु, रुपक दुलाल लगायतले नव निर्वाचित कमिटीलाई शुभकामना प्रदान गर्दै विद्यार्थीले शैक्षिक क्षेत्रको उन्नयनमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
रोशन भुजेलको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मेलनमा क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई खादा माला सहितले स्वागत समेत गरिएको थियो ।