चौतारा, असोज २१ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले चौरीगोठबाट सुत्केरी महिलाको उद्धार गरेको छ ।
भोटेकोशी गाउँपालिका वडा नं. १ र ३ को सीमानामा पर्ने बाखाङ स्थित चेवा घ्याप्साबाट ३६ वर्षिए फुर्लम्बु शेर्पाको उद्धार गरिएको हो ।
बच्चा जन्मिएर अधिकतम रक्तश्राब भए पश्चात पालिकाको आर्थिक सहयोग तथा गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र वडा नं. १ का अध्यक्ष मुके शेर्पाको पहलमा सुत्केरीको उद्धार गरिएको हो ।
सुत्केरीको हेलिकोप्टेर मार्फत उद्धार गरि थप उपचारका लागि काठमाडौं स्थित थापाथली प्रशुती गृहमा ल्याईएको वडाध्यक्ष शेर्पाले जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष पौडेलका अनुसार पालिकाले झण्डा र अण्डाको नीति ल्याएको छ । पालिकाले सुत्केरी महिलाहरुको पहिचान गरी पोषिलो खानेकुरा सहित आर्थिक सहयोग गर्दे आएको छ ।