चौतारा, असोज २३ ।
हेलम्बु गाँउपालिका वडा नम्बर २ किउलकी एक सुत्केरी महिलाको शुक्रबार हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।
हेलम्बु गाँउपालिका वडा नम्बर २ किउलकी सोनिया जोगिले जन्म दिनुभएको शिशु सहित सुत्केरी महिलाको को उद्दार गरिएको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले जानकारी दिनुभएको छ ।
सुत्केरी ब्यथा लागेपछी हेलम्बु गाँउपालिकाकाबाट एम्बुलेन्स मार्फत बिष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।
मेलम्चीमै सुत्केरी भएपनी आमा र शिशु दुबैजनाको स्वास्थ ठिक नभएपछि ९ एन,ए,के,पि हेलिकप्टर मार्फत बिहान १० बजे काठमाडौको थापाथली प्रसुती गृहमा पठाइएको गाँउपालिकाका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । यश अघि पनि गाँउपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्दार गर्दै आएको छ ।