चौतारा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महिला संगठनकि केन्द्रिय माहासचिव कुमारी तामाङको पहल र बिबिटिएम फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल एयरलाइन्सलाई २०० थान कोभिड १९ टेस्ट एन्टिजिन किट बितरण गरिएको छ ।
शुक्रबार नेपाल एयरलाइन्सको कार्यलमा नै पुगेर नेत्री तामाङ र बिरबहादुर तामाङ मेमोरियल फाउन्डेसन (बिबिटिएम) का अध्यक्ष नवराज तामाङले संयुक्त रुपमा नेपाल एयरलाइन्सका म्यानेजिङ डाइरेक्टर डिम प्रसाद पौडेललाई सो स्वास्थ्य सामाग्रि सहयोग हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामाग्रि बुझ्दै एयरलाइन्सका सिइओ पौडेलले यस बिषम परिस्थितिमा सहयोग गर्ने संस्था र पहल गर्ने तामाङलाई बिशेष धन्यवाद ज्ञापन गर्दै उच्च प्रशंसा समेत गर्नुभएको छ ।
बिबिटिएम फाउन्डेसनले यस अघि पनि बिभिन्न समाजिक तथा मानविय कार्यमा सहयोग गर्दै आइरहेको संस्था हो ।