चौतारा ।
जवरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी २ बर्ष पछि पक्राउ परेका छन् ।
२०७६ साल जेष्ठमा जवरजस्ती करणी गरी करणी स्थलबाटै फरार रहेका सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका नं. ३ धुस्कोट बस्ने २७ बर्ष का जयराम तामाङलाई प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाका सुचना अधिकारी तथा प्र.ना.उ प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयको निरन्तर खोजतलास गर्ने क्रममा यहि मंसिर ६ गते प्रतिवादीलाई भक्तपुर जिल्ला मध्यपुरठिमी न.पा. वडा नं. ७ स्थितमा लुकिछिपी हिडिरहेको अवस्थामा कार्यालयबाट खटीएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको थियो ।
प्रकाउ परेका प्रतिवादी तामाङलाई सोमाबार सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएएको सुचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।