हेटौँडा ।
बिश्व माहामाीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।
स्वाथ्य सुरक्षा मापदण्ड पालना गर्दै आजबाट सुरु भएको कक्षा १२ को परिक्षाको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अनुगमन गर्नु भएको छ ।
उहाँले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा स्कुलअफ म्यानेजमेन्ट, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र बंशगोपाल माध्यमिक विद्यालयमा सञ्चालन भएको परिक्षाको अनुगमन गर्नुभएको हो ।
आजबाट सुरु भएको परिक्षा विद्यार्थीले ढुक्कसंग दिएको र रोकीएको परिक्षा सुरु भएकोमा उत्साह पनि थपीएको मन्त्री दुलालले वताउनुभयो ।
देशभर नै आजबाट शुरु भएको परिक्षको पहिलो दिन अनिवार्य अग्रेजीको विषयको परिक्षा भएको हो । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन सुरु गरेको हो ।
बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टाको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन सुरु गरेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।
सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । हात धुनेजस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरूको व्यवस्थापन गरिएको हुँदा ढक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । कोरोना भाइरस सङ्क्रमित भए पुनः परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।