संम्झाऊ कसरी लुत्रुक्क परिछू दंगै परेँ हो मता
धेरै चोटि गरेँ यि हात दुइले बिन्ती चढाँए जता
मेरो जो मनमा थियो अमृत नै दिन्छू भनेको थिएँ
बुझ्नेले किन हो बुझेन यि कुरा जे जे थियो त्यै दिएँ ।
आत्मा साथ गरी दिएँ जतिपनी घोक्रो सुकाई उति
जावी लाउँनुथ्यो अटेर गरने मेरा ति मान्छे जति ।
आखाँमा परिगो मुहार रसिलो खातीर मानेँ कति
पश्चाताप भयो भनेर सुचना पाएँ त धेरे उति ।
मेरो लाख छ बिन्ती भाउ जहिलै छोरो हुँ माया गरे
धोका फेरि नहोस जूनिभरिमा संम्झे सदा झैँ भरे ।
जानेको महिले बताउँछु जती लोक्को छ जिम्मा अति
जानीजानि ठुलो नगर्नु भुल जो होला त आफ्नै खति ।
होशीयार ! बने सबै जनहरु राखेर दूरी पर
जिम्मेवारि बनौँ समाज भरिनै राखेर माया वर ।
लेखकको ठेगानाः चौतारा साँगाचोकगढी वडा नं.४ कुबिण्डे