मेलम्ची ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकामा सेवा लिन आउने सेवा ग्राहिलाइ सम्मान गरेर सेवा दिन कर्मचारीलाइ निर्देशन दिनुभएको छ ।
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता,ब्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ बुधबारबाट सुरुभएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै नगरप्रमुख अर्यालले सबै नागरिक समान भएकाले कसैलाइ पनि अपमान गर्न नहुने बताउनुभयो ।
सेवाग्राहिले छिटो र सहज हिसाबले काम खोजिरहेको हुनाले कर्मचारी साथिहरुले त्यो सेवा दिन सक्नपर्ने बताउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले महिला मात्र हिंसामा नपर्ने भन्दै पुरुष पनि हिंसामा पर्न थालेको हुनाले हिंसाको अन्त्यहुन जरुरी रहेको बताउनु भयो ।
उहाँले यस अभियान अन्तर्गत नगरपालिकाका जेष्ठ नागरिकहरुलाइ सम्मान गर्ने ,सुरक्षित गृहमा फलफुल बितरण गर्ने ,नगरपालिकाको अगुवा बिद्यालयमा सुझाव पेटिका राख्ने लगायत निबन्ध प्रतियोगिताको समेत आयोजना गरिने योजना रहेको नेपालले जानकारी दिनुभयो । कुटपिट गरेको मात्र हिंसा नभएको भन्दै उपप्रमुख नेपालले ब्यक्तिगत रुपमा कोहि कसैलाइ आक्षेप लगाउन नहुने समेत बताउनुभयो ।
प्रतिबद्धता मात्र नभइ यसलाइ सबैले व्यबहारमा लागू गर्नुपर्ने उहाँको भनाइ छ । प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंसिर १० गतेदेखि मंसिर २५ गते) सम्म मनाइने अभियान मेलम्ची नगरपालिकामा पनि मनाउन लागिएको हो ।