एजेन्सी ।
भ्रमणकारी टिम भारतले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।
क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
भारतले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।
जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेलमा आइतबार हुनेछ ।
यस अघि भारतले एकदिवसीय सिरिज २–१ ले गुमाएको थियो ।