मेलम्ची ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानका सन्दर्भमा मेलम्ची नगरपालिकाको विशेष अभियान अनुसार नगरपालिकाका सबै वडाका अगुवा विद्यालयहरुमा लैङ्गिक हिंसा सम्बन्धी गुनासो तथा उजुरी पेटिका राख्न शुरु गरेको छ ।
शुक्रबार मेलम्ची नगरपालिका वडा नंं ६ को अगुवा विद्यालय श्री तेर्से माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा सम्बन्धी गुनासो तथा उजुरी पेटिका स्थापना गरिएको हो । गुनासो पेटिकाको नगरप्रमुख डम्बरबहादुर अर्यालले आज उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा उपप्रमुख भगवती नेपाल र वडाध्यक्ष जितराज थापालले लैङ्गिक हिंसा समाजको एक जटिल समस्या भएको भन्दै यस्को अन्त्य हुनन जरुरी रहेकोे बताउनुभययोे ।
विद्यालयका प्रधानाध्यापक कृष्ष्ण ढुंगानाले अभियानको उद्देश्य बमोजिम सोको निरन्तर कार्यान्वयनको प्रतिवद्धता व्यक्त गगर्नुभयो । विद्यालयभित्र र बाहिर हुने सबैप्रकारका हिंसाका गतिबिधिलाई निरन्तर खबरदारी गर्न अनुरोध गर्दै विद्यालयमा त्यस्ता कुनै गतिबिधि भए सोबारे तत्काल गुनोसो वा उजुरी गर्न उहाँँले आग्रह गर्नुृभयो ।
साथै मेलम्ची नगरपपालिलका वडा नम्बर ६ का जेष्ठ नागरिकहरुलाइ हरलिक्स वितरण गरिएको छ । वडा नम्बर ६ का ९० बर्ष माथिका ३ जनालाई हरलिक्स र शिरक वितरण गरिएकोे नगर प्रमुुख अर्यालले जानकारी दिननुभयो ।
अब नगरभित्रका सबै ९० बर्षमाथिका जेष्ठ नागरिकहरुको घर घरमा पुगेर भेटघाट गर्दै हरलिक्स र शिरक वितरण गरिने अर्यालले बताउनुभयो ।