मेलम्ची ।
तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहण तथा अध्ययन टोलीलाइ शुभकामना सहित बिदाइ गरिएको छ ।
पर्यटन प्रबर्द्धन तथा स्थानीय तहको विकासको पहिचानलाई आधर गन्तव्य पहिल्याउदै पाँचपोखरी थाङपाल गाउँपालिकाले तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल अरोहणका निमित्त अरोहण टोलीलाइ शुभकामना सहित शुक्रबार बिदाइ गरेको हो ।
सगरमाथा अरोही माया गुरुङको नेतृत्वमा सगरमाथा आरोही कान्छीमाया स्याङबो तामाङ र दावा शेर्पा साथमा युवा नेता सोमार बोम्जन ,मिलान तामाङ ३नं वडा अध्यक्ष ङिमा छिरिङ तामाङ सहित ९ जनाको टोलीलाई गाउपालिकाको कार्यालयमा अध्यक्ष टासी लामा उपाधक्ष्य सुनिता अधिकारी प्रमुख प्रसासकिय अधिक्रित सुनिल निरौला लगयातले बिदाइ गर्नुभएको हो ।
।यसले पाँचपोखरीलाई धार्मिक तथा तथा सांस्कृतिकरूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिका टासी लामाको भनाइ छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउँपालिकासँग जोडिएको छ ।
उक्त पदमार्ग खुलाउन अध्ययन हुन लागेको र नयाँ हिमालको नामकरणसहित आरोहण गरिन लागेको गाउँपालिकाको पर्यटन प्रवद्र्धन समिति अध्यक्ष सुवास तामाङले बताउनुभयो । साहसिक पदमार्गका लागि तिलमनपासलाई महत्वपूर्ण मानिन्छ ।