हेलम्बु ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारको लागि ३ वर्षे डेनिस प्रोजेक्ट स्वीकृत भएको छ ।
विगत एक वर्षदेखीको निरन्तर प्रयासको सुखद् नतिजाको मंगलबार जानकारी प्राप्त भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
हेलम्बु गाउँपालिका र डेनमार्कको सिआईसिईडी संस्थाको संयुक्त प्रयास तथा जस्ट नेपाल फाउण्डेशनसँगको सहकार्यमा संचालन हुने प्रोजेक्टले हेलम्बु गाउँपालिकाको ३५ वटै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धी हुने कुरामा आफू विश्वस्त रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।