चौतारा ।
संसद बिघटनको असंबैधानिक कदमका बिरूद्द राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकले चौतारामा मसाल जुलुस गरेको छ ।
सोमबार साँझ युवा संघले मसाल बोकेर सिंगो बजारमा परिक्रमा गरेको थियो । पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्ने तयारी भएको सुरक्षा निकायलाई सुचना दिएर प्रहरी प्रशासनलाई झुक्याउँदै युवा संघले बजार पुरै परिक्रमा गरेका थिए ।
बिद्यार्थीले पनि साथ दिएका संघको जुलुसमा एक सय बढी युवा संघ र बिद्यार्थी सहभागीता रहेको युवा संघले जानकारी दिएको छ ।
मसाल जुलुसअघि युवाले बजारमा सरकार बिरूद्दको पर्चा समेत फ्याकेका थिए ।