प्रदिप ज्योति ।
मेरो बोली फुटेको छ
म बोल्नको लागि सक्षम छु,
मेरो ओठ चल्नको लागि आँतुर छ
अनि मुख बोल्नको लागी,
तर पनि म बोली बिहिन छु
त्येसैले म निशब्द छु।
आमाबुबा भगवान हुन् भन्छौँ
अनि उनिहरुको साहारा सन्तान,
तर किन भगवान पुज्न मन्दिर पुग्छौँ
अनि आमबुबालाई रुवाउदै बृदाआश्रम पुर्याउछौँ।
म बोली बिहिन छु।
मानव बुद्धिजीवी प्राणी हो भन्छौं हामी, तर
आफ्नै भबिस्य थाहा नपाएर,
कोहि सडकमा बसेर गुज्रिरहेको छ
उसैलाई आफ्नो भबिस्य सोध्छौँ
अनि सपना सङ रमाउछौँ।
म निशब्द छु।
जो आफुमा साथी अनि साथीमा उ देख्दैन
साथीको सानो गल्ती वा नराम्रो बाटो रोक्दैन,
ब्यर्थ आफू बाट टाढा बस् भन्न लिछिप्त हुन्छ,
उहीँ साथी आफू राम्रो साथी भन्छ।
म बोली बिहिन छु।
म सबै कुरामा बोली बिहिन छु,
फेरि किन बोली बिहिन छस् भन्ने प्रस्न आउँछ भने
म त्यो प्रस्नमा पनि निशब्द छु।
क्रमश: भाग २ मा।