खाडिचौर ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन्।
सिन्धुपाल्चोक जिल्लाको खाँडीचौरमा आयोजित ओलि समुहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रचण्डले अहिलेसम्मको सबै गल्तीहरूलाई सच्याएर फर्किन चाहनुहुन्छ भने अझै पार्टी एकताको सम्भावना छ’ उनले भने ।
प्रचण्डलाई हामीले कार्यकारी अधिकारबाट हटाए पनि अध्यक्षबाट हटाएका छैनौं, उहाँ फर्किएर आउनुहुन्छ भने नयाँ ढङगबाट पुन अगाडि बढने छौँ उनले भने ।
प्रचण्डले आफ्नो जिम्मेवारी बहन नगरेकाले कार्यकारी अधिकार खोसेको उनले बताए। ‘उहाँलाई पार्टीभित्रको काम गर्न, एकताको बाँकी काम सम्पन्न गर्न, महाधिवेशनलाई केन्द्रित गरेर काम गर्नका लागि कार्यकारी अधिकार दिएकोमा उहाँले जिम्मेवारी पुरा नगरेपछि कार्यकारी पद खोसेका हौँ उनले भने ।
जनताको प्रतिनिधिले जनताबीच जान्छु भनेर प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो । त्यसलाई अन्यथा लिनुपर्ने कुनै कारण छैन’ उनले भने, ‘वैशाखमा निर्वाचन हुन्छ। उहाँहरू चुनावदेखि भागिराख्नुभएको छ।’प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधारिक भएको समेत उनले दाबी गरे ।