तातोपानी,माघ १३ ।
उत्तरी नाका चिनसंग जोडिएको तातोपानी भन्सार कार्यालयले २०७७/०७८ मा राखिएको लक्ष्य भन्दा कम राजश्व संकलन भएको बताएको छ ।
६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा तातोपानी भन्सार कार्यालयले आयोजना गरेको कार्यक्रममा भन्सार प्रमुख लालबहादुर खत्रीले यस्तो बताएका हुन् ।
यस आब मा २ अर्ब ७४ करोड राजश्व संकलन हुनसक्ने आंकलन गरिएकोमा छ महिनाको अबधिमा जम्मा ३९ करोड १२ लाख मात्रै राजश्व संकलन भएको छ उनले भने ।
बर्खायम सुरुभएसंगै बाढिपहिरो र मित्र रास्ट्र चिनले गरेको अघोषित नाकाबन्दीले राजश्वमा असर पुग्न गएको हो ।
सडक पुर्वाधारको कमजोरले नाकासङ जोडिएको कोदारी राजमार्गमा पहिरोले पटकपटक अबरोध पुर्याउदा बिध्युत आपूर्ति बन्द र कोभिड १९ का कारण सामान आयातमा समस्या आइरहेको छ ‘उनले भने ‘ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको सभापतित्वमा भएको कार्यक्रममा बाह्रबसे नगरपािलकाका प्रमुख निमफुन्जो शेर्पा, भोटेकोसी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारी, उध्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सम्बोधन गर्ने सम्पुर्ण बक्ताहरुले तातोपानी नाका निरन्तर खुलाउनको लागि सबैले पहल गर्नुपर्ने बताएका छन् ।