अर्जुन शर्मा,चौतारा, माघ १४ ।
सिन्धुपाल्चोकमा पहिलो दिन २० जनाले कोरोना विरुद्धको ’कोभिसिल्ड’ खोप लगाएका छन् ।
सिन्धुपाल्चोक जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंलाई पहिलो खोप लगाएर खोपको शुरुवात गरिएको हो ।
जनस्वास्थ्य अधिकृत सँगै जिल्लामा बुधबार अन्य १० जना स्वास्थ्यकर्मी र कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने १० जना सुरक्षाकर्मी जनालाई खोप लगाइएको छ ।
भारत सरकारको सहयोगमा नेपालमा आइपुगेको कोरोना विरुद्धको भ्याक्सिन सिन्धुपाल्चोकमा एक हजार ५ सय ७८ जनालाई लगाइने छ ।
पहिलो चरणमा सरकारले तोकेको मापदण्डमा रहेर अग्रपंतिमा खटीने श्वास्थ्यकर्मीहरुलाई यो खोप लगाउन लागिएको जिल्ला स्वास्थ कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताए ।
देशैभर बुधबारबाट खोपको सुरुवात गर्ने नेपाल सरकारको नीति अनुसार जिल्ला अस्पताल चौताराबाट खोप लगाउन सुरु गरिएको चापागाँईले बताए ।
सिन्धुपाल्चोकमा जिल्ला अस्पताल चौतारा र बाह्रबिसे प्राथमीक स्वास्थ्य केन्द्र, बाह्रविसेबाट खोप सेवा प्रदान गरिनेछ । त्यसको लागि जिल्ला अस्पताल चौतारामा खोप प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई छोटो अवधीको तालिम सञ्चालन गरिनेछ ।
खोप लिनको लागि जिल्ला कोभिड—१९ खोप व्यवस्थाापन समितीको निर्णय अनुसार तोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीहरुले तोकिएको मिति र स्थानमा सम्पर्क गर्नुपर्नेछ ।