१.
दिलको दैलो उघार दिन्छु वास्तै गर्दैन ।
मनका कुरा खुलार भन्छु वास्तै गर्दैन ।
त्यो मनमा अलिकती माया पलायोस भनेर
माया गर्छु अपार भन्छु वास्तै गर्दैन ।
२.
माया लाग्छ कि लाग्दैन खुलेर भन्देउ आज
दिलमा थोरै ठाँउ छ कि खुलेर भन्देउ आज
माया गर्नु गलत हैन कस्ले के भन्ला नसोची
गर्छौ माया भने दुनियाँ भुलेुर भन्देउ आज
३.
डर लाग्छ नि मायाले अफ्ठेरो पारेर जान्छौ कि
बढेसि माया पछि मलाइ गाह्रो पारेर जान्छौ कि
विश्वास आँखा चिम्लेर गर्छु उघार्दा धोका हुन्न भने
औँसीको रात झैँ जीवन अँध्यारो पारेर जान्छौ कि
मण्डनदेउपुर–२,काभ्रेपलाञ्चोक