चौतारा, फागुन ११ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदम विरुद्ध नेपाल दलित मुक्ति संगठन सिन्धुपाल्चोकले मंगलबार चौतारामा विराेध र्याली गरेकाे छ ।
सरकारले गरेको प्रतिनिधि सभा बिगटनको बिरुद्धमा चौतारमा भएको र्यालिमा जिल्लाका दलित अगुवा कार्यकर्ताहरु सहभागि रहेका थिए । संगठनले बिरोध र्यालि पश्चात अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम समेत गरेको छ ।
प्रशिक्षण कार्यक्रम तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद सापकोटाले पछिल्लो समयमा केपी ओलीले गरेको प्रतिगमनकारी कदमको बिरुद्धमा सबै एक भएर लाग्नुपर्ने बताएका छन् । उनले भने जुन व्यवस्था ल्याउनको लागि सयौं दलितहरुले आफ्नो ज्यानको बाझि लगाएर लडेका थियौं त्यहि व्यवस्था माथिको प्रहार हुँदा चुप लागेर बस्न सकिन्न, यि र यस्ता आन्दोलन निरन्तर चलिरहने छ ।
यस्तै कार्यक्रममा संगठनका जिल्ला इन्चार्ज राम बहादुर सुनारले प्रदेश नम्बर २ काे प्रदेश प्रमुख तिलक परियारकाे वर्खास्तिको उदाहरण दिदै ओली नेतृत्वको सरकारले कुनै न कुनै तवरबाट दलितहरुमा दमन गरिरहेको बताएका छन् । उनले आक्रोश व्यक्त गरे अब हामी सहन सक्दैनौं ।
सुनारले थपे हामी समानुपातिक ,समावेसीकरण माथि नियाेजित हिसावले प्रहार बिरुद्धमा निरन्तर लाग्नेछौँ । कार्यक्रममा जिल्लाका अगुवा दलित नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।