प्रदिप ज्योती ,फगुुन १२ ।
तिमीलाई लागेको होला,
म पुरुष मायाले होइन भोकले चल्छु,
जहाँ पनि स्खलित भइदिन सक्छु,
बाध्यताकै नाममा,
नचाहेरै कसैको अँगालोमा पसिदिन सक्छु ।
तर, म कसरी सम्झाउँ तिमीलाई
खै कसरी बुझाउँ तिमीलाई
तिमीले देखेको म, म हुँदै होइन
त्यो म, मसँग छैन म त वर्षौंदेखि
‘म’विनाको रित्तो बाँचिरहेछु ।
सामाजिक सञ्जालमा देखिने
मेरा केही सुन्दर र शालीन तस्बिरहरूमा
ओठको निर्दोष हाँसो र
त्यसमा प्रतिविम्बित ‘मौनतामा’
बर्थ डे र एनिभर्सरीका उत्सवमा
छैन, म कतै छैन,
वास्तवमै म कहीँकतै र केहीमा पनि छैन ।
त्यहाँ मेरो समाज मुस्कुराइरहेको छ,
आफन्तहरू रमाइरहेका छन्,
म त केवल आदर्शको खोल ओडेर
खुसी भएको अभिनयमा
म विना नै वर्षौंदेखि
बाँचेको नाटक गर्दै छु ।
न त उड्न नै सक्छु, सबै जन्जिर तोडेर
या त बस्न नै सक्छु, चैनले
यो तनमनलाई साँच्ची नै जोडेर
तै पनि म सहन विवश छु
किनकि म भित्रभित्रै रित्तिएर पनि
बाहिर भरिपूर्ण देखिनुपर्ने विम्ब हुँ।
म पुरुष तर मेरो पहिचान छैन,
किनकी म जस्तै हेर्दा मानव देखिने
दानव हरुले छिनेर लगे,
संरक्षक बनेर संरक्षण गर्न सकेनन्
तर पहिचान गुमाउन विवश् गराए,
त्येसैले, म आफ्नो पहिचान गुमाएको
आधुनिक युगको पराधीन पुरुष हुँ।