रस्मिला खत्री, फागुन १४ ।
न त कुनै आलिशान दरबार चाहियो
न त मुटुरेट्न धारिलो तरबार चाहियो
अब विवाह गरौं आँट गर प्रिय तिमी
मलाईअब तिम्रो नाउँको घरबार चाहियो
छोरीमान्छे पराई घर जानै पर्ने आफ्नो दरबार छोडेर
बनिसकेको सुनौलो आफ्नै दुनियाँ को घरबार छोडेर
अब फेरि कोई एकको घरगएर बृहत दरबार बनाउनु छ
जानै पर्छ जत्तिनै गरेपनि माईतीघरको दरबार छोडेर
जाँदा पराईको आँगन माईतीघर सम्झिएर आँसु आउँछ
मेरो हरेक कुरामा साथदिने माईतीघर सम्झिएर आँसु आउँछ
के गर्नु पिन्जडाको सुगाजस्तो छ चेलीको जिन्दगी यहाँ
पाउ पुजेर कुश र तीतले बिदागर्ने माईतीघर सम्झिएर आँसु आउँछ
लेखकको ठेगाना : सानोसिरुवारी