अर्जुन शर्मा,चौतारा,फागुन २० ।
चौतारा साँगाचोकगढी नगरपालिकाको नवौँ नगर सभा सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न नगर सभामा नगरपालिकाले आव २०७७÷७८को माघ मसान्तसम्म सम्पन्न भएका कार्य सम्पन्न प्रतिवेदन पेस भएको छ । नगरपालिका उपप्रमुख जानुका पराजुलीले प्रस्तुत गर्नुभएको कार्य प्रगति प्रतिवेदनमा नगरपालिकाले माघ मसान्तसम्म ३६.७३ प्रतिशत विकास बजेट मात्रै खर्च गरेको छ ।
नगरपालिकाले आ.ब. २०७७÷०७८ को लागि चालु बजेटमा ६९ करोड ५३ लाख ९ हजार ८ सय ८३ र पुँजीगत तर्फ ४६करोड ५९ लाख ५६ हजार ७ सय गरी जम्मा कुल १ अर्ब १६ करोड १२ लाख ६६ हजार ५ सय ८३ कुल बजेट विनियोजन गरेको थियो । जसमा माघ मसान्त सम्म ४२ करोड ६६ लाख ५ हजार ९ सय ६३ रुपैयाँ मात्र खर्च भएको नगरपालिका उपप्रमुख पराजुलीले नगर सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख रहेको छ ।
नगरपालिकाले सडक तर्फ ३८.७९ किलोमिटर सडकको नयाँ ट्रायल खोलेको जनाएको छ । यस्तै सडक तर्फ नै ४२१ मिटर ढलान कार्य सम्पन्न गरेको छ भने १५५० मिटर सडक कालोपत्रे भएका छन् ।
नगरपालिकाले यस आर्थिक वर्षको माघ मसान्त सम्म मात्रै नगरपालिकाले शीर्षकगत आयमा रु ५१ लाख ९६ हजार ३ सय १९ सङ्कलन गरेको छ । यस्तै नगरपालिकाले दोस्रो चौमासिकसम्म ढुङ्गा, गिट्टी,बालुवाको बिक्रीबाट १४ करोड ५५ लाख २० हजार ५ सय ६९ सङ्कलन भएको समेत नगरपालिकाले जनाएको छ ।
माघ मसान्त सम्म वडाहरूले मात्रै उठाए १ करोड ८ लाख राजस्व
चौतारा साँगाचोकगढी नगरपालिकाले वडागत रूपमा यस आर्थिक वर्षको माघ मसान्त सम्ममा १ करोड ८ लाख ८७ हजार १ सय पचास राजस्व सङ्कलन गरेको छ । नगरपालिकाका १४ वडाहरू मध्य वडा नंं. ५ चौताराले सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
वडा नं. ५ ले माघ मसान्तसम्ममा २५ लाख ७८ हजार ३ सय ६० राजस्व सङ्कलन गरेको छ । यस्तै नगरपालिकाको १२ नं. वडाले सबैभन्दा कम राजस्व सङ्कलन गरेको छ । सो वडाले माघ मसान्त सम्ममा २ लाख २५ हजार ८ सय ९३ रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ ।
नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक र बिद्यार्थीहरु सम्मानित
नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक र बिद्यार्थीहरु छनोट गरी सम्मान गरेको छ ।
बिहीबार सम्पन्न नगर सभाले नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक र बिध्यार्थीहरुलाई सम्मान गरेको हो । नगरपालिका भित्र रहेका सम्पुुर्ण विद्यालयमा उत्कृष्ट रहेका विद्यालयलाई नगद सहित सम्मान गरिएको हो । यसै गरी नगरपालिकाले नगरभित्रका सबै विद्यालयका बिद्यार्थीहरुमध्येबाट नर्सरी देखि कक्षा १२ सम्म अध्ययनरत उत्कृष्ट छात्र र छात्रा विद्यार्थीलाई समेत नगद सहित सम्मान गरेको हो ।
सम्मानित हुने विद्यालयहरूमा आधारभूत तर्फ श्री सिद्धि गणेश माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरपालिका– ७, श्री जुगल बोर्डिङ हाई स्कुल चौतारा साँगाचोकगढी नगरपालिका– ५ र श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरपालिका– ५ क्रमसः प्रथम द्धितिय र तृतीयमा छनोट भई सम्मानित भकाएछन् ।
यसै गरी माध्यमिक विद्यालय अन्तर्गत श्री अर्खु माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरपालिका– ८, श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरपालिका– ५ र श्री सेतीदेवी माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरपालिका– १३ क्रमसः प्रथम द्धितिय र तृतीयमा छनोट भई सम्मानित भएकाहुुन् ।
उत्कृष्ट बिद्यालयहरुलाई क्रमस म प्रथम द्धितिय र तृतियलाई ५० हजार, ३५ हजार र २५ हजार नगद सहित सम्मान गरिएको थियो ।
यस्तै नगरपालिका भित्रका तहगत उत्कृष्ट शिक्षकलाई समेत नगरपालिकाले सम्मान गरेको छ । सम्मान पाउने शिक्षकहरुमा श्री सिद्धि गणेश माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी ७ की बाल विकास शिक्षिका सरस्वती धिताल, श्री सेतीदेवी माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी १३ आधारभूत (कक्षा ६–८) कि शिक्षिका मालती गिरी, श्री दक्षिणकाली आधारभूत विद्यालय चौतारा साँगाचोकगढी ६ आधारभूत कक्षा (१–५)की शिक्षिका सृजना ढुङ्गाना, श्री सेतीदेवी माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी १३ माध्यमिक तहका शिक्षक रुद्रप्रसाद शर्मा र श्री अर्खु माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी ८ माध्यमिक(कक्षा ११–१२) का शिक्षक रञ्जित शाह रहेका छन् ।
यससंगै नगरपालिकाका कक्षागत उत्कृष्ट छात्रा र छात्र गरी ३३ जना बिद्यार्थीहरुलाई समेत नगद सहित सम्मान गरेको छ ।