चौतारा, फागुन २८।
नेकपा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित शहिद स्मृति प्रतिष्ठानको कार्यालयमा पार्टीको बोर्ड राखेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्र जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटाको प्रमुख आथित्यतामा बोर्ड स्थापना गरिएको हो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले साइन बोर्ड राखेको हो ।
। बोर्ड स्थापना कार्यक्रममा जिल्ला नेताहरु, स्थानीय जनप्रतिनिधि लयायतको उपस्थिति थियो ।
यस अघि फागुन २५ गते नेकपा एमालेले नेकपाको बोर्ड फेरेर नेकपा एमालेको बोर्ड राखेको थियो ।