बाह्रविसे, चैत्र ८।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे न.पा. वडा नं ३ स्थित श्री नारायण आधारभुत विद्यालयका लागी एक कार्यक्रमका विच स्टेसनरी सामाग्री सँगै अतिरिक्त क्रियाकलाप संचालनको लागि आवश्यक पर्ने अन्य सामाग्री वितरण गरिएको छ ।
उक्त विद्यालयको विद्यालय ब्यवस्थापन समितिलाई नेपालमा अनाथको लागि शिक्षा संस्थाबाट उक्त सामाग्री हस्तान्तरण गरिएको हो।
विद्यालयमा विद्यार्थीका नियमित पठनपाठन सँगै अतिरिक्त क्रियाकलाप संचालनले बालबालिकाको सर्बाङ्गिण विकासमा सहयोग गर्ने उदेश्यले विपन्न र जेहन्दार विद्यार्थीको लागी हस्तान्तरण हुने गरि बालबालिकालाई आवश्यक पर्ने कपि, पेन्सिल, कलम, जोमेट्री बक्स लगाएतका स्टेसनरी सामाग्रीका साथै अतिररिक्त खेलकुदका क्रियाकलाप संचालन गर्न आवश्यक मादल,झ्याली, ड्रम सेट, ब्याडमेटन लगाएतका सामाग्री हस्तान्तरण गरिएको हो।
नेपालमा अनाथको लागि शिक्षा संस्थाका सचिब पासाङ शेर्पा बाट उक्त सामाग्रीहरु हस्तान्तरण पछि यस्ता सहयोगले बालबालिका नियमित विद्यालय उपस्थित भई प्रभावकारी सिकाइमा पनि मद्त पुग्ने र अतिरिक्त क्रियाकलापमा विद्यार्थीको क्षमता बृद्धी हुने विब्यस अध्यक्ष कपिल पाख्रिनले बताए ।
विद्यालयलाई स्टेसनरी लगाएत खेलकुदका विविध सामाग्री प्राप्त गरेपछि नारायण आधारभुत विद्यालयका वालवालिका सँगै अभिभावकहरु पनि निकै खुसी देखिएका थिए । “यस्तो खालको सहयोगले बालबालिकाहरु विद्यालय आउदा खुसीहुने र बिद्यालयको अतिरिक्त क्रियाकलाप संचालनमा सहयोग पुग्ने प्र.अ. राम प्रसाद न्यौपानेले बताए ।”
अधिकाशं जनजाती वालबालिका अध्यनरत विद्यालयमा विद्यालय ब्यवस्थापन समितीले शैक्षिक स्तर सुधार गर्नको लागी थप अतिरिक्त क्रियाकलाप संचालनमा जोड दिदैं बाह्रविसे नगरपालिका सहित सरोकारवालाहरु सँग समन्वय गरिरहेको विब्यस अध्यक्ष कपिल पाख्रिन बताए ।
हाल विद्यालयको शैक्षिक स्तर सुधारका लागी संघिय सांसद विकास कोषबाट प्राप्त रकम बाट खेलमैदान निर्माण गरिरहेको र बिद्यालयमा घेराबार, बालबालिकाको लागी न्यानो कपडा, नियमित रुपमा निशुल्क स्टेसनरी वितरण गर्ने कार्य गरिएको यस विद्याललाई नगरकै नमुना विद्यालयमा परिणत गर्ने सोच रहेको समेत पाख्रिनले बताएका छन् ।