चैत्र २६, चौतारा ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल विजयी बनेको छ ।
बुधबार राती सम्पन्न मतगणना अनुसार अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ ,उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य , सहसचिवमा नानीराम नेपाल ,सहसचीव समावेशीमा केदार माझी विजयी बनेका हुन् ।
त्यस्तै कोषाध्यक्षमा नेत्र प्रसाद पौडेल सदस्यहरूमा दिपक खत्रीे, गोमा खत्री, देवराज सुवेदि, प्रभात श्रेष्ठ,दिनेश दुलाल र अशोक पराजुली विजयी बनेका छन् ।यसअघि समावेशी सदस्यमा केशव अधिकारी , जनजाति सदस्य लालकाजी तामाङ ,दलित सदस्य सिर्जना बराल निर्विरोध निर्वाचित भइसकेका थिए ।
<span;>नेपाल पत्रकार महासघ जिल्ला शाखावाट केन्द्रीय परिषद सदस्यमा प्रमोद न्यौपाने र ज्ञानेन्द्र तिमल्सिना विजयी भएका छन् । यस्तै प्रदेश परीषदमा टीका सुबेदी , मणिसुन्दर काईराला, निर्मल बस्नेत, सन्तोष चौलागाई , सिताराम काईराला बिजयी हुनुभएको छ ।
यसअधि प्रदेश परिषद् सदस्यमा सुनिता रखाल र केन्द्रीय परिषद् सदस्यमा सर्मिला ठकुरी निर्विरोध हुनुभएको हो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ११ औ अधिवेशनमा भएको निर्वाचनमा शतप्रतिशत (९७) मत खसेको थियो । माओवादि निकट प्रेस संगठन नेपाल र नेकपा एमाले निकट प्रेस चौतारी बिच गठबन्धन गरी गएको प्यानल विजई भएको हो ।