चौतारा, पौष १८ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको २ सय ३६ सदस्यीय केन्द्रीय समितिमा सिन्धुपाल्चोकका ५ जना परेका छन् ।
आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नामावलीमा सिन्धुपाल्चोक जिल्लाका कृष्णप्रसाद सापकोटा, केशब नेपाल, माधव सापकोटा सुबोध, युवराज दुलाल शरद र रामप्रसाद सापकोटा दिपशिका रहेका छन् ।
जिल्लाका ५ जना सहित प्रचण्डले ६३ सिट खालि गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका हुन् ।