चौतारा ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समिति ४ सय ४६ मा थप ५ सय ५६ बढाएर १ हजार १९९ जनाको अधिवेशन तयारी समिति घोाषण गर्नुभएको छ ।
७७ वटै जिल्लाबाट सदस्य थपेर ओलीले केन्द्रीय सदस्यको संख्या बढाउनुभएको छ । सिन्धुपाल्चोकबाट पनि ओलीले केन्द्रीय समितिमा पाँच जना मनोनित गर्नुभएको छ ।
सिन्धुपाल्चोकबाट शेर बहादुर तामाङ, सरेश नेपाल, होम नारायण श्रेष्ठ, हस्त पण्डित र डोल्मा तामाङलाई मनोनित गर्नुभएको हो ।
यी सबै पूर्व नेकपा एमाले रहेका थिए जसमा शेरबहादुर र डोल्मा यसअघि माधव कुमार नेपालसँग नजिक थिए भने जिल्लामा होमनारायण, सरेश र हस्त पण्डित ओली निकट नै रहेका थिए ।